चिनियाँ ऋणको जालमा फसेको श्रीलंकालाई भारतको दह्राे साथ

Photo - Agency
Photo - Agency

थुप्रै देशहरूले 'चिनियाँ ऋण' ऋण मात्रै नभएर 'चिनियाँ जाल' भएकाे बताउँछन्। दक्षिण एसियाली राष्ट्र श्रीलंकासामु 'चिनियाँ ऋण'ले कैयाैं समस्या खडा गरेकाे छ। यसैकारण उसले चरम आर्थिक संकट झेलिरहेको छ।

ऋणले थिचिएकाे श्रीलंकाले पुरानाे मित्र भारतबाट ठूलो आशा राखेको भारतीयहरूकाे दाबी छ।

मिडिया स्राेतकाअनुसार भारत बदलिएको अवस्थामा श्रीलंकालाई हर–सम्भव सहयोग गर्न तयार छ। उनीहरू भन्छन्– याे ऋणबाट उकास्ने सहयाेग मात्रै हाेइन, राजनीति पनि हाे।

भारतबाट श्रीलंकाका लागि तत्काल खाद्य र स्वास्थ्य सुरक्षा प्याकेज उपलब्ध गराउने तयारी भइरहेको छ।

केही दिनअघि श्रीलंकाका अर्थमन्त्री बसिल राजपाक्षे भारत आएका थिए। यस भ्रमणमा श्रीलंकालाई तत्काल राहत प्याकेजको तयारीको खाका तयार पारिएकाे बताइएकाे छ।

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निभार्ड काब्रालले भारतबाट पेट्रोलियम आयातको लागि ५०० मिलियन डलरको क्रेडिट लाइनको माग गरिएको बताएका छन्। काब्रालले भारतीय रिजर्भ बैंकबाट सार्क वित्तिय प्रणाली अन्तर्गत ४० करोड डलरको कारोबारका लागि वार्ता भइरहेको स्पष्ट पारे।

भारत सरकार र राजापाक्षेबीच यी उद्देश्यहरू पूरा गर्न आपसी सहमतिमा छिट्टै प्रक्रियालाई अन्तिम रूप दिने सहमति भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

लगतै, भारतले श्रीलंकाका विभिन्नक्षेत्रमा लगानी गरी रोजगारीका अवसरहरूको विकास र सृजनमा योगदान दिनेछ। यसमा ऊर्जा प्याकेजहरूबाट इन्धन आयात गर्ने र त्रिन्कोमाली तेल ट्याङ्की फार्मलाई आधुनिकीकरण गर्न मद्दत गर्ने समावेश छ।

प्रकाशित मिति: : 2022-01-04 15:45:00

प्रतिकृया दिनुहोस्