खडेरी र युद्धले विस्थापित मानिसहरूको विशाल बस्तीमा एउटी आमा अजीज गुल आफ्ना सन्तानहरूलाई बचाउन लड्दै छिन्। श्रीमानले १० वर्षीया छोरीलाई थाहा नदिई विवाह गर्न भन्दै बेचेपछि उनी तनाबमा छिन्।
पश्चिम–अफगानिस्तानकी उनी छोरी बेचिएको पीडाले बिछिप्त छिन्। १० वर्षे छोरी उनका श्रीमानले नै बेचेका हुन्। ताकि छोरी बेचे बापत पाएको पैसाले आफ्ना अन्य पाँच सन्तानलाई पालनपोषण गर्न सकुन्। छोरी बेच्दाको दृश्य सम्झेर गुलका श्रीमान बेलाबेला रून्छन्। यो उनको बाध्यता थियो, रहर होइन।
उनी भन्छन्, ‘पाँच सन्तान बचाउनको लागि एउटा छोरीले बलिदान दिनुपर्यो।’ आर्थिक संकटले अफगानिस्तानमा असहायको संख्या बढ्दै गएको छ। जीवन धान्नै गाह्रो भएपछि पैसाको लोभमा गरिब अफगानीहरूले देशको दुर्दशालाई प्रष्टै देखाउँछन्।
उनीहरू यस्ता अमानवीय निर्णयहरू लिन बाध्य छन्। अघिल्लो अगस्टको मध्यतिर अमेरिकी–नेटो सेनाको फिर्तापछि विद्रोही तालिबानले सत्ता कब्जा गर्दा अफगानिस्तानको अर्थतन्त्र खस्किसकेको छ। अन्तराष्ट्रिय समुदायले अफगानिस्तानको आर्थिक सहायता रोकेको छ।
गृहयुद्ध, खडेरी र कोरोना भाइरसले देशको अवस्था बिग्रँदो छ। सरकारी कर्मचारीहरूले महिनौंदेखि तलब पाएका छैनन्। अफगानिस्तामा कूपोषण र खाद्य संकट सबैभन्दा चिन्ताको विषय बनेको छ।
देशको अवस्था दिनदिनै बिग्रँदै गएको छ। विशेषगरी बालबालिकाहरू सबैभन्दा बढी प्रभावित छन्। परिवारहरू अन्नको चपेटामा तड्पिरहेका छन्। बाँकी सन्तानलाई बचाउन आफ्ना छोराछोरी बेच्न तयार छन्।
अफगानिस्तानको पछिल्लो दृश्य साह्रै दुःख लाग्दो छ। प्रायः प्रान्तमा उमेर नपुग्दै छोरीहरूको विवाह गर्ने चलन सामान्य छ। दुलहाको परिवारले बालिका सुम्पेको बदलामा केटीको परिवारलाई पैसा तिर्छन्।
केटीहरू सामान्यतया १५ वर्षसम्म आफ्ना आमाबाबुसँग बस्छन्। तर अहिले अफगानीहरू सहजै छोराछोरीहरू बेच्न खोजिरहेका छन्। अफगानिस्तान पुरुष–प्रधान समाज भएपनि गुलले आफ्नी छोरी बेचेकोमा श्रीमानविरूद्ध विद्रोह गरिरहेकी छिन्। गुल आफैंले १५ वर्षको उमेरमा विवाह गरिन्। अहिले आफ्नी छोरी कन्दी गुलमाथि भएको अन्याय अन्य छोरी–चेलीहरूमाथि नहोस् भन्ने चाहन्छिन्।
छोरी बेचेपछि गुलका श्रीमान फरार छन्। तालिबान सरकारले भर्खरै जबर्जस्ती विवाहमा प्रतिबन्ध लगाएको छ। अधिकारीहरूका अनुसार अफगानिस्तानमा लाखौं मानिस भोकमरीको सामना गरिरहेका छन्।