भारतकाे एक मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु, दर्जनौं घाइते

बिएल संवाददाता

नयाँ दिल्ली
Photo: PTI
Photo: PTI

भारतकाे जम्मू-कश्मीरस्थित विष्णुदेवी मन्दिरमा भागदाैड हुँदा १२ जना भक्तजनकाे मृत्यु भएकाे छ। राति १ देखि २ बजेको बीचमा मन्दिर परिसरभित्र भागदाैड मच्चिएकाे भक्तजनहरूले बताएका छन्।

भागदाैडमा परेर दर्जनौं मानिस घाइते भएकाे प्रहरीले जनाएकाे छ। भाडदाैडका क्रममा ज्यान गुमाउनेमा प्रायः दिल्ली, हरियाणा, पञ्जाब र जम्मू– कश्मीरबाट विष्णुदेवी मन्दिर दर्शनका लागि पुगेका तीर्थयात्री रहेका छन्।

नयाँ वर्ष सन् २०२२ काे राैनकसँगै मन्दिरमा भक्तजनको बाक्लो हुँदा एकाएक भागदौड मच्चिएकाे स्थानीयले बताएका छन्। सामान्य विवादका कारण मानिसहरूले एकअर्कालाई धकेल्न थालेपछि भागदौडको स्थिति सिर्जना भएको थियो।

प्रकाशित मिति: : 2022-01-01 08:00:00

प्रतिकृया दिनुहोस्