मुम्बईमा तिव्र गतिले बढ्यो कोरोना, एकैदिन ३ हजार ६ सय संक्रमण

बिएल संवाददाता

नयाँ दिल्ली
गेट्टी इमेज
गेट्टी इमेज

भारतको राजधानी मुम्बइमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार ६७१ संक्रमित थपिएका छन्। 

यससँगै मुम्बइमा सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ३६० पुगेको छ। बीएमसीका अनुसार मुम्बइका कूल संक्रमित मध्ये २९ धारावीबाट रहेका छन्। 

त्यस्तै पश्चिमबंगालमा पछिल्लो २४ घण्टामा २ हजार १२८ संक्रमित फेला परेका छन्। राज्यमा १२ जनाको मृत्यु भएको छ। 

संक्रमितको संख्या बढेसँगै मुम्बइमा विद्यालयहरु बन्द गरिएका छन् भने रात्रि व्यवसाय र यातायाता क्षमतामा ५० प्रतिशत कटौती गरिएको छ। पसलहरु र मलहरुका लागि समय तोकिएको छ। मानिसहरु भेला हुन रोक लगाइएको छ। 

प्रकाशित मिति: : 2021-12-30 20:27:00

प्रतिकृया दिनुहोस्