दिल्लीमा सात महिनापछि एकैदिन ९२३ कोरोना संक्रमित भेटिए

बिएल संवाददाता

नयाँ दिल्ली
ndtv

भारतको दिल्लीमा एकैदिन ९ सय २३ कोरोना संक्रमित बिरामी फेला परेका छन्। बुधबार दिल्लीमा सात महिनापछि सबैभन्दाबढी कोरोना संक्रमित बिरामी फेला परेका हुन्।

यसअघि गत २९ मे–मा ९ सय ५६ संक्रमित भएको पुष्टि भएकाे थियाे। दिल्ली र महाराष्ट्रमा अन्य राज्यमा भन्दा धेरै संक्रमित देखिएका छन्। थपिएका सङ्क्रमितहरू मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन्।

यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख आठ हजार ८८६ पुगेकाे छ। भारतमा कोरोनाकाे कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ५९२ पुगेको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७७ हजार २ जना रहेका छन्। अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको छ।

प्रकाशित मिति: : 2021-12-30 07:36:00

प्रतिकृया दिनुहोस्