इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

Photo:Flash90
Photo:Flash90

इजरायलले ५५ देशमा यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ।

मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ।

अधिकांश अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन्। साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन्।

यद्यपि, मेक्सिकोलाई खतराको रातो सूचीमा थपिनेछ र यो सँगै संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, इथियोपिया, बेलायत, दक्षिण अफ्रिका, हंगेरी, तान्जेनिया, नाइजेरिया, स्पेन, पोर्चुगल, फ्रान्स, क्यानडा, स्विट्जरल्याण्ड टर्की पनि त्यस सूचीमा पर्नेछन्।

प्रतिबन्धित देशहरूबाट फर्केका इजरायलीहरू, खोप लगाएका र निको भएकाहरू सहित, कम्तिमा सात दिनको लागि क्वारेन्टिइनमा बस्नुपर्नेछ।

प्रकाशित मिति: : 2021-12-29 07:03:00

प्रतिकृया दिनुहोस्