काठमाडौं–हेटौँडा जोडने सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण : कमल थापा

फाइल तस्वीर
फाइल तस्वीर

राप्रपा नेता कमल थापाले काठमाडौं–हेटौँडा जोडने सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन्।

गृहनगर हेटौँडा रहेका थापाले मंगलबार ट्वीट गर्दै प्रदेश सरकारको उक्त निर्णयको विरोध गरेका हुन्।

'बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएता पनि राजधानीको निम्ति आवश्यक शिक्षा, स्वास्थ्य, यातायात, शहरी विकास लगायतका पुर्वाधार विकासमा प्रदेश सरकारको उदासीनता उदेकलाग्दो छ', उनले लेखेका छन्, 'काठमाडौं जोड्ने सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण छ। यसतर्फ सबैको ध्यान जाओस् ।'

सात वटा मन्त्रालय फुटाएर १४ वटा बनाउने, त्यसमा १८ जना मन्त्री राख्ने मुख्यमन्त्री राजेन्द्र पाण्डेको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिएलगत्तै काठमाडौं–हेटौँडा जोडने सुरुङमार्ग निर्माण स्थगित गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति: : 2021-12-28 14:58:00

प्रतिकृया दिनुहोस्