सैन्य 'कू'काे विराेध गर्ने बर्मेलीहरूकाे खाेजी–खाेजी हत्या

बिएल संवाददाता

रंगुन, म्यान्मार
Photo - RFF
Photo - RFF

म्यान्मारकाे सैनिक 'जुन्ता' समर्थक समूहले 'कू'काे विराेध गर्ने नागरिकहरूकाे खाेजी–खाेजी हत्या गरिरहेकाे छ। सैन्य शासकलाई समर्थन गर्ने नागरिकबाट दुई दर्जनभन्दा बढी बर्मेली नागरिकहरूको यसैसाता मृत्यु भएकाे अधिकारीहरूले बताएका छन्।

सैनिक सत्ताविरूद्ध विद्रोह गरिरहेका प्रजातन्त्रवादीहरूमाथि सैनिक समर्थकहरूले सेनाकाे आडमा क्रूर ज्यादती थालेका छन्। सागिङ, मण्डले र उत्तरी शान राज्यमा सैनिक नरसंहारका क्रममा धेरैले ज्यान गुमाएका छन्– जहाँ जुन्ताकाे सबैभन्दा कडा विरोध भइरहेकाे छ।

म्यान्मारमा गत १–फेब्रुअरी​​मा सेनाले निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि देशभर अशान्ति फैलिएकाे छ। बैङ्ककस्थित राजनैतिक कैदीहरूको लागि सहयोग गर्ने एक संगठनकाअनुसार गत फेब्रुअरीदेखि हालसम्म १ हजार ३ सय ६५ बर्मेली नागरिकहरूकाे हत्या भएकाे छ।

सैन्य अदालतद्वारा 'कू'काे विरोध गर्ने ९० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। सैनिक सत्ताकाे विद्रोहमा उत्रिएका रंगुन क्षेत्रका दर्जनाैँ नागरिकमाथि 'जुन्ता' नियन्त्रित अदालतले सैन्य 'कू'यता मृत्युदण्डको सजाय सुनाउदैआएकाे छ।

स्थानीय 'जुन्ता' प्रशासकलाई गोली हानेर हत्या गरेको आरोपमा डिसेम्बर–१६ मा पाँच जना युवालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। त्यस्तै, उत्तरी डागन बस्तीका हेन हेट आङ र औक्कर थेनलाई डिसेम्बर–३ मा सजाय सुनाएकाे सैन्य अधिकारीहरूले जनाएका छन्।

म्यान्मारकाे दक्षिण डागोनका स्थानीय नेता हटेट पिङ सोएसहित ६ जना, डागोन सेइकन बस्तीका जुन्ताविराेधी कार्यकर्ता खिन विन्ट क्याव माउङ र जिन मिन क्यावसहित १५ जनालाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ।

सैन्य कानून अन्तर्गत रंगुन बस्तीका ६ जना युवालाई यसैसाता सजाय सुनाएपछि मृत्युदण्ड पाउने व्यक्तिहरूको संख्या ९० पुगेको छ। जसमध्ये ४२ जना हालसम्म सेनाकाे नजरबाट फरार छन्।

सैन्य सत्ता र अदालतले मानवअधिकारको गम्भीर उल्लंघन गरेकाे म्यान्मारको राष्ट्रिय एकता सरकारका मानवअधिकार मन्त्री आङ म्यो मिनले दाबी गरेका छन्। 'म्यान्मारमा कानूनको शासन लोप भएको संकेत हाे, याे। हजाराैँ मानिसहरूले आफ्नो अधिकार गुमाएका छन्,' उनले भने।

Clashes in Myanmar’s Karen-controlled territory follow military raids

क्रूर सेनाले थान्टलाङबासीकाे आँखैअघि शहरमाथि आँगाे दन्कायाे। स्थानीयहरू राेए। कराए। चिच्याए। तर आँगाे राेकिएन।

थान्टलाङ शहर मुस्लोले ढाक्याे। बस्ती खरानीमा परिणत भयाे। तानाशाही सेना रमाइरह्याे। जनआक्राेश दबाउन पीडितमाथि गाेली ठाेक्न तम्सियाे।

म्यान्मारकाे उत्तरी छिन् राज्यको थान्टलाङ शहरका पाँच सय भन्दा बढी घर, १३ मन्दिर र ५० भन्दा बढी चर्च आँगाेले नष्ट भएका छन्।

यहाँका स्थानीयहरू त्रसित छन्। घरहरू खरानी बनिसके, बस्ने ठाउँ छैन। उनीहरू शहर छाडेर जङ्गल पुगेका छन्। सरकार नै जनता मार्न लागिपरेको छ। सहयोग गर्ने काेहि छैन, उद्धार गर्ने संघ-संस्था छैनन्।

थान्टलाङका हजाराैँ घरहरू भत्केका छन्। बस्तीमा मानिस छैनन्। महिनाैँदेखि जंगलमै बसिरहेका छन्। मानिस नै मानिसले भरिएकाे थान्टलाङमा शन्नाटा छ।

प्रकाशित मिति: : 2021-12-24 19:03:00

प्रतिकृया दिनुहोस्