पाकिस्तानमा मन्दिरमा मूर्ति तोडफोड भएपछि प्रदर्शनमा उत्रिए हिन्दू

पाकिस्तानको कराँचीस्थित नारायणपुरा क्षेत्रमा एक दुर्गा मन्दिरमा सोमबार राति दुई अतिवादी युवाहरुले मूर्तिलाई हथौंडाले तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ।

यसको बिरोधमा आज कराँची सिटी कोर्ट र प्रेस क्लब अगाडी सयौंको संख्यामा पाकिस्तानी हिन्दूहरुले सडकमा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सयौं महिलाहरुको पनि उपस्थिति रहेको थियो।

उनीहरुले आरोपीहरुलाई सजाय दिन माग गरेका छन्। फेरि पाकिस्तानी अल्पसंख्यक हिन्दू र धर्ममाथि यस्तो खालको व्यवहार नहोस् भन्नका लागि कारबाही तत्काल हुनुपर्ने उनीहरुले माग गरे। 

उता पक्राउ परेका युवकलाई कराँचीस्थित सिटी कोर्टले १४ दिनका लागि पूर्पक्षका लागि पठाएको छ। 

मन्दिरमा भएको उक्त घटनालाई लिएर स्थानीय हिन्दूहरु क्रुद्ध भएका छन्  । उनीहरुले प्रहरीले यस घटनालाई गम्भीरताका साथ नलिएको आरोप उनीहरुको छ।

अहिलेसम्म अर्का आरोपी पक्राउ पर्न सकेका छैनन्। स्थानीय सञ्चारमाध्यमले पनि यो घटनालाई दबाउन खोजेको भन्दै उनीहरुले कराँची प्रेस क्लब अगाडि प्रदर्शन गरेका हुन्। 

पाकिस्तानमा पछिल्लो समय हिन्दूहरुमाथिको आक्रमणमा वृद्धि आएको छ। २२ महिनामा हिन्दू मन्दिरमा भएको यो ९ औं आक्रमण भएको जनाइएको छ। 

घटनाले सांप्रदायीक हिंसा भड्न सक्ने भन्दै स्थानीय मुस्लिम समुदायले घटनाको निन्दा गरेको छ।

प्रकाशित मिति: : 2021-12-22 06:34:00

प्रतिकृया दिनुहोस्