हङकङको निर्वाचनमा चीनले हस्तक्षेप गरेको भन्दै विश्व समुदायको आपत्ति

TripSavvy
TripSavvy

हङकङको निर्वाचनलाई लिएर चीनको कडा आलोचना भएको छ। हङकङको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनको आलोचना भएको हो।

हङकङको विद्यायिका सभामा आइतबार सम्पन्न निर्वाचनमा ९० प्रतिशतभन्दा बढी सिट बेइजिङ समर्थक सांसदहरुले जितेका थिए। 

मतदानअघि चीनले हङकङको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गरेको थियो। बेइजिङले उम्मेदवारमाथिसमेत कडा निगरानी गरेको थियो।

निर्वाचनले हङकङको प्रजातन्त्र समाप्त पारेको विभिन्न देशहरुले आरोप लगाएका छन्। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डका विदेशमन्त्रीले चीनको नयाँ नियमले संसदमा अर्थपूर्ण राजनीतिक प्रतिद्वन्द्वीको सम्भावना अन्त्य गरिदिएको बताइएका छन्।

त्यस्तै, जी७ मा आबद्ध देश र युरोपेली युनियनले पनि हङकङको चुनावप्रति चासो देखाएका छन्।

यसैबीच, चीनको बिरोध गर्ने देशको बेइजिङले भत्र्सना गरेको छ। हङकङको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै बेइजिङले भत्र्सना गरेको हो। अन्य देशहरुले हङकङको यर्थातलाई नजरअन्दाज गरेको चीनले आरोप लगाएको छ। 

मंगलबार अस्ट्रेलियास्थित चिनियाँ दूतावासले एक विज्ञप्ति सार्वजनिक गर्दै हङकङ मामिलामा अन्य देशले अनावश्यक चासो लिएको आरोप लगाएकाे छ।

प्रकाशित मिति: : 2021-12-21 14:30:00

प्रतिकृया दिनुहोस्