अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

बिएल संवाददाता

अफगानिस्तान
File Photo
File Photo

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले भनेका छन्– यदि अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसक्ने हो भने यहाँ मानवीय संकट पैदा हुनेछ। ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले अहिले पनि अफगानिस्तानमा ठूलो संकट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने यसबाट समस्या पनि उत्पन्न हुन सक्ने बताएका छन्। गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसंख्या गरिबीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट बैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उनले आगामी दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताएका हुन्।

उनले हाल तालिबान शासन सुरु भएपछि यहाँको अवस्था झन् नाजुक बन्दै गएको र वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै सहयोगका लगि आग्रह गरेका हुन्। उनले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन्। उनले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित मिति: : 2021-12-20 12:23:00

प्रतिकृया दिनुहोस्