प्रदेश–१ः माओवादी केन्द्रकाे पदाधिकारीमा रचना राई नै किन ?

नेकपा (माओवादी केन्द्र) प्रदेश–१ काे पदाधिकारीमा मोरङकी सशक्त नेतृ रचना राईले दाबी गर्ने बताएकी छिन्। पूर्वकाे माओवादी आन्दोलनमा विषम र युद्धकालिन अवस्था–ताका विभिन्न नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेकी राई मोरङमा बौद्धिक र बैचारिक महिला नेतृको रूपमा परिचित छिन्।

वामपन्थी विद्यार्थी राजनीतिमा सहभागी हुने क्रममा तत्कालीन माओवादी केन्द्रकाे पश्चिमबाट पूर्वी नेपालमा विस्तारित हुने क्रममा नेतृ रचनाले २०५५ सालबाटै पार्टी सम्पर्कमा जोडिएर संलग्नता देखाउन थालेकी थिइन्। २०५६ सालमा भौसाबारी बहुमुखी क्याम्पस, कानेपोखरी अनेरास्ववियु (क्रान्तिकारी) ईकाई कमिटीमा निर्वाचित हुँदै औपचारिक राजनीतिको सुरुवात गरेकी थिइन्।

२०५८ सालदेखि माओवादीकाे पूर्णकालिन राजनीतिमा हाेमिएकी उनले पूर्वमा जनमुक्ति सेनाको सुरुवाती निर्माण र विकास प्रक्रियामा सेल, कम्पनी र प्लाटुन हुँदै जनयुद्धकालमा सेनाको विभिन्न सैन्य लडाइँमा प्रत्यक्ष सहभागिता जनाएकी थिइन्।

सैन्य कार्यक्षेत्रबाट २०५९ सालदेखि उत्तरी मोरङकाे पार्टी भूगोल एरिया सेक्रेटरी, ईन्चार्ज, तत्कालीन मोरङ–सुनसरी जिल्ला सदस्य, मोरङ जिल्ला जनसरकार सदस्य हुँदै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय सदस्य, किराँत राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय सदस्यको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छिन्।

माओवादी केन्द्र मोरङ जिल्ला सचिवालय सदस्य, कोचिला राज्य समिति सदस्य (२०६०-६४) भएर पार्टीको युद्धकालदेखि शान्तिपूर्ण अवतरणको विभिन्न खण्डमा अहंम र नेतृत्वदायी भूमिकामा निरन्तर सकृय रचना मोरङ जिल्लाका अलगअलग निर्वाचन क्षेत्रमा ईन्चार्जको  जिम्मेवारी बहन गर्ने थोरै महिला नेतृहरुमध्ये उनी एक हुन्। तत्कालीन मोरङ–२ क्षेत्रमा पार्टी उम्मेदवारलाई विजय गराउन ईन्जार्जको नेतृत्वदायी भुमिकामा खेलेकी नेतृ रचना स्वयंम पनि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङबाट समानुपातिक उम्मेदवार थिइन्।

लगभग अढाई दशक लामो माओवादी राजनीतिक यात्राको क्रममा पछिल्लो पटक नेकपा (माओवादी केन्द्र) केन्द्रीय आयोजक कमिटी सदस्य हुँदै भर्खरै सम्पन्न माओवादी केन्द्र प्रदेश–१ को प्रथम ऐतिहासिक अधिवेशनबाट प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएकी उनी प्रदेश–१ सह–सचिवमा दाबी गर्ने बताएकी छिन्।

नेतृ रचनाले पार्टीमा महिलाको भूमिका र लैङ्गकिक समानताको सैद्धान्तिक, विधानगत सीट पु-याउन नभई पार्टीप्रतिको हिजोको ऐतिहासिक योगदान र भूमिकाले समेत महिलाको सहभागिताको सुनिश्चितताको आधार अरु अपरिहार्य भएको बताइन्। उनको तर्क छ– कहालिलाग्दो संघर्षपूर्णका दिनहरूमा, अफ्ठयारो र प्रतिकुल परिस्थितिमा महिलाहरुले देखाएको त्यो ओजस्वी साहस, बिरता र बलिदानीको मुल्यांकन खोज्न महिलाहरु वर्तमानमा पनि पदीय जिम्मेवारी बहन गर्नुपर्ने बताइन्।

पार्टी संगठन हाँकेर, कुशलतापूर्वक नेतृत्व गरेर आएका महिलाहरू युद्ध मैदानमा पनि अब्बल भएकाे उनी बताउँछिन्। उनले भनिन्– 'शान्तिपूर्ण राजनीतिक अभ्यासमा पनि उत्तिकै पोख्त र काबिलनै छौं।' परिवर्तनलाई आत्मासात गरेर अगाडि बढने कुरामा सिर्जनशील, सकारात्मक, योग्य र क्षमतावान भएको उनकाे दाबी छ।

प्रकाशित मिति: : 2021-12-18 21:07:00

प्रतिकृया दिनुहोस्