प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतका अनुसार संसद्को गतिरोध अन्त्यका लागि छलफल गर्न आइतबार बैठक बोलाइएको हो।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, एमसीसीलगायतका विषयमा दलहरुसँग छलफल गर्न लागिएको स्रोतले बताएको छ।
बैठकका लागि सबै दललाई पत्र पठाइसकिएको सचिवालयले जनाएको छ।