रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी दिएका रिजालले राजीनामा घोषणा गरेका हुन्।
उनले बिहीबार समाजिक सञ्जालमार्फत् लेख्दै पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।
'नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु', उनले लेखेका छन्।