एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले आफूमाथि पनि एमालेका महाधिवेशन प्रतिनिधिहरुबाट सचिव पदमा उम्मेद्वारी दिन दबाब आइरहेको बताएका छन्।
महाधिवेशनको उद्घाटन स्थल, भरतपुरमा रहेका गैरेले आजै साँझ सौराहमा बस्ने पार्टी केन्द्रीय कमिटीको बैठकपछि आफू केन्द्रीय सदस्यबाहेक के पदमा उठ्ने भन्नेमा पुग्ने बताए।
बिएल नेपाली सेवासँगको संवादमा उनले भने, ‘एमालेको सदृढ र सबल भविष्यका लागि सहमतिमा नेतृत्व चयन हुनुपर्छ। आफूलाई केन्द्रमा राखेर सहमतिको कुरा गर्नुको औचित्य छैन।’
एमाले महाधिवेशनका चार वटा मुख्य कार्यभार रहेको पनि गैरेले बताए।
उनले भने–
– एमालेलाई सुदृढ कम्युनिष्ट पार्टीका रुपमा अघि बढाउन यो अधिवेशन महत्वपूर्ण छ।
– विभाजन जतिसुकै सानो वा ठूलो जस्तो सुकै होस्, एमालेको फूट र विभाजनको घाउ यसले पुर्न सक्नुपर्छ।
– एमाले एकताबद्ध भएको सन्देश यो महाधिवेशनले दिनुपर्छ। यसबाट मत्र पार्टी सुदृढ र सबल बन्ने छ।
– एमालेलाई सत्तारुढ गठबन्धनबाट भएको घेराबन्दी तोड्ने शक्ति यो महाधिवेशनले आर्जन गर्नुपर्छ।
एमालेको एकताबद्ध नेतृत्व चयन हुनुपर्ने बताउँदै गैरेले भने, ‘म सर्वसम्मत नेतृत्व भनेर आफूलाई सुनिश्चित गर्नेगरी सहमति हुनुपर्छ भन्ने सुनिरहेको छु। त्यस्तो सोचबाट माथि उठ्न सक्नुपर्छ। सहमति र एकतामै एमालेको भविष्य छ।’