रोङ गाउँपालिका अध्यक्ष राई कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा समशेर राई निर्वाचित भएका छन्। उनी २ सय ४७ मतसहित क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।

सभापतिमा निर्वाचित राई रोङ गाउँपालिकाका अध्यक्ष हुन्। उनका निकटतम प्रतिष्पर्धी भीष्म प्रधानले २ सय १४ मत प्राप्त गरे  । सभापतिका अर्का प्रतिस्पर्धी दुर्गा बरालले १ सय ९७ मत पाए।

क्षेत्रीय सभापतिका चार उम्मेदवारमध्ये मिलन क्षेत्रीले २१ मत ल्याएका छन्। 

क्षेत्रीय सचिवमा राजकुमार लिम्बु र यामन लामा विजयी भएका छन्। लिम्बुले २ सय ५४ मत र  लामाले २ सय ३१ मत प्राप्त गरे। सहसचिवमा प्रज्वल भट्टराइले ३ सय १० र बुद्रधराज लिम्बुले २ सय ६६ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2021-11-24 09:13:00

प्रतिकृया दिनुहोस्