सोमबार, १५ डिसेम्बर २०२५

मर्दी हिमाल पदयात्रालाई तन्नेरी बनाउने सुदीप

अनलाइनखबर

अनलाइनखबर

काठमाडौँ
News Image
• • •

दशैं-तिहारको बीचमा झरीको पर्वाह नगरी सयौं नेपाली मर्दी हिमाल पदयात्रामा निस्किए। हरेक दिन २०० देखि ५०० सम्म पर्यटक भ्यू पोइन्ट पुगे र, मर्दीसँगै अन्नपूर्ण हिमशृंखलालाई नजिकबाट नियालेर फर्किए।

पछिल्ला वर्षहरूमा पर्यटकीय मौसममा कुनै मेलाभन्दा कम भीड हुँदैन मर्दी हिमालको काखमा।

तर झण्डै एक दशक अगाडि यहाँको दृश्य फरक हुन्थ्यो। मर्दी हिमालको सेरोफेरो पशुपालन गर्ने ठाउँ हो। भेडा, भैंसी, चौंरी र याकहरू चर्थे। निर्वाहमुखी पशुपालनमा अभ्यस्त थिए स्थानीय। चिसो मौसममा बेसी झर्ने र गर्मीमा खर्क उक्लने। एकप्रकारको ‘सिफ्टिङ कल्टिभेसन’ चलिरहेको थियो।

सिदिङ, घलेल लगायत नजिकका गाउँबाट भेडा, बाख्रा र भैंसी खर्क राख्न ल्याइन्थ्यो।

हिमाल टाढाबाट राम्रो देखिने हो । कहिलेकाहीं नजिक हुन पनि रमाइलो हुन्छ। तर हिमालसँगै जीवन बिताउन कठिन छ। यो कठोर अवस्थालाई सहज बनाउन मर्दी हिमाल पदयात्रा शुरू गराउने अग्रणीमध्ये एक हुन्- व्यवसायी सुदीप गौतम।

उनले कुनै समय स्विट्जरल्याण्ड गएर त्यहाँको हिमाल र हिमाल जस्तै अग्लो समृद्धिसँग रमाउने सपना देखेका थिए। अहिले स्विट्जरल्याण्ड लगायत विदेश तथा स्वदेशका पाहुनालाई मर्दीको यात्रा गराउन दत्तचित्त भएर मिहिनेत गरिरहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!