विदेशी लगानीका दुई टेलिभिजनको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन हुनु आश्चर्यजनक : कमल थापा 

फाइल तस्वीर
फाइल तस्वीर

राप्रपा अध्यक्ष कमल थापाले सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका विदेशी लगानीका दुई टेलिभिजन च्यानलको प्रम शेरबहादुर देउवाद्वारा उद्घाटन गरेकोप्रति विरोध जनाएका छन्।

आइतबार बिहानै ट्वीट गर्दै उनले भनेका छन्, 'सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका विदेशी लगानीका दुई टेलिभिजन च्यानलको प्रम शेरबहादुर देउवाद्वारा उद्घाटन हुनु आश्चर्यजनक छ।'

दर्ताबिना सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी व्यवस्थाको प्रमबाट उल्लंघन भएको बताउँदै उनले भनेका छन्, 'यसबारे सरकारले तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्छ।'

प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय धनाढ्य एवम् योगगुरू बाबा रामदेव र आचार्य बालकृष्णले 'आस्था नेपाल' र 'पतञ्जलि' नामका दुई टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका हुन्।

प्रधानमन्त्री देउवाले उद्घाटन गरेको टेलिभिजन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाबा रामदेव क्रान्तिकारी व्यक्तित्व भन्दै प्रशंशा गरेका थिए। उद्घाटन समारोहमा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत उपस्थित थिए।

राप्रपा अध्यक्ष थापा पूर्व सञ्चारमन्त्री समेत हुन्।

प्रकाशित मिति: : 2021-11-21 13:43:00

प्रतिकृया दिनुहोस्

    राडिराज भनेको यहि हो गणतन्त्रको उपलब्धि गलत अर्थ नलागोस्

    • 3 बर्ष अगाडि
    • Rajendra Shahi Rastrapremi