नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले चितवनमा हुने पार्टीको दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । रावलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
एमालेको दशौँ महाधिवेशन यही मंसीर १०–१२ गते चितवनमा आयोजना हुँदैछ । रावल एमालेभित्रको असन्तुष्ट समूहका सबैभन्दा उपल्लाे तहका नेता हुन् । उनले केही समयअघि मात्र विवाद समाधान कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए ।
केही दिनअघि गृहजिल्ला अछाम पुगेर अध्यक्षमा उमेदवारी दिने बताएका नेता रावलले आइतबार ३ बजे राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नै उम्मेद्वारीको कारणसहित पत्रकार सम्मेलन गर्न लागेका हुन् ।