सत्तारुढ नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र उदयपुरको शनिवार वडा अधिवेशन ७० वडामा सम्पन्न भएको छ। उदयपुरको आठ स्थानीय तहको ७५ वडा मध्ये ७० वटामा अधिवेशन भएको हो।
देशभरी एकैदिन वडा अधिवेशन गर्ने पार्टी निर्देशनअनुसार उदयपुरका ७५ वटै वडामा अधिवेशन गर्ने तयारी गरिए पनि प्राविधिक कारणले पाँच वटामा भने आइतबार गर्नुपर्ने भएको छ। पार्टी जिल्ला समन्वय कमिटी अध्यक्ष विनोद कटुवालकाअनुसार शनिबार सबै वडामा एकैदिन अविधेशन गर्ने तय भए पनि प्राविधिक कारणले पाँच वटा वडामा आइतवार गर्ने तय भएको छ।
पाँच वटा बाहेक जिल्लाका सबै वडामा अविधेशन भएको र कतिपयमा सर्वसम्मत नेतृत्व चयन भइसकेको जानकारी आएको अध्यक्ष कटुवालले बताए। कटारी नगरपालिकाको २ र त्रियुगाका ४ वटा वडामा आइतबार गर्ने गरी अविधेशन स्थगित गरिएको उनले बताए।
सदरमुकाम भएकाले सब भन्दा महत्वपूर्ण मानिने त्रियुगा नगरपालिका ११ नंं वडाको अधिवेशन साँझ सम्पन्न भएको छ। अधिवशेनले आयोजक कमिटीकै संयोजक. रहेका शिवकुमार खड्काको अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी चयन गरेको छ। उपाध्यक्षमा राम बराईली, सचिव सोनामसिंह दनुवार, सहसचिव मनिषा राई र कोषाध्यक्षमा बिमला बस्नेत छानिएका छन्।
अधिवेशनले ९ जना नगर प्रतिनिधि र पुराना बामपन्थी विश्वेश्वर राईको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरेको छ। त्यस्तै २ जना जेष्ठ नागरिक प्रतिनिधिको पनि चयन गरेको पार्टीले जनाएको छ।
लिमचुङबुङ गाउँपालिका ४ बलम्तामा सम्पन्न.अधिवेशनले गणेश राईको नेतृत्वमा सर्बसम्मत कमिटी चयन गरेको पार्टीका गाउँपालिका अध्यक्ष होम किरातीले बताए। उनका अनुसार अन्य वडाहरु १ नंं. बाँसबोटे, २ ताम्लिछा, ३ बाराहा र ५ जाँतेमा अधिवेशन सम्पन्न भएको जनाएका छन।
गाउँपालिका कमिटी सदस्य दिनेश राईकाअनुसार त्यहाँ ८ जनाले अध्यक्षमा दाबी गरिरहेका छन्। अन्य गाउँपालिकाहरु उदयपुरगढीका ८ वडामध्ये ६ बाहेक सबैमा कमिटी सर्बसम्मत गठन भइसकेको छ।
रौताका ८, ताप्लीका ५ वडामा पनि अधिवेशन चलिरहेको खबर प्राप्त भएको छ। कटारी नगरपालिकाका १४ मध्ये १३ वडाको अधिवेशन चलिरहेको र कमिटी चयनको नतिजा आउन बाँकी रहेको छ।
चौदण्डीगढीका १० तथा बेलका नगरपालिकाका ९ वटा सबै वडामा अधिवेशन चलिरहेको छ। सबै नतिजा आज आउने अध्यक्ष कटुवालले बताए।