खोटाङका दुई गाउँपालिकामा नेकपा एसको कमिटी गठन

खोटाङको दुई गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले पालिका कमिटी गठन गरेको छ। जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा एकीकृत समाजवादीले पालिका कमिटी विस्तार गरेको हो।

जन्तेढुंगा गाउँपालिकामा शनिबार कीर्तिराज राईको अध्यक्षतामा एकीकृत समाजवादीको ५८ सदस्यीय कमिटी गठन गरिएको छ। पालिका कमिटीको उपाध्यक्षमा प्रेमकुमार राई, चन्द्रबहादुर थापा, सचिवमा मिलन राई, उपसचिवमा पदम बस्नेत र बिश्वहाङ राई चयन भएका छन्। 

यस्तै, बराहपोखरी गाउँपालिकामा शुक्रबार घमण्ड राईको अध्यक्षतामा एकीकृत समाजवादीको ५१ सदस्यीय पालिका कमिटी गठन गरिएको छ। पालिका कमिटीको उपाध्यक्षमा गंगाप्रसाद निरौला, टंकमणि मगर र टंकबहादुर मगर, सचिवमा हरि मगर, उपसचिवमा प्रेम श्रेष्ठ र हरि कार्की चयन भएका छन्। 

पालिका स्तरीय कमिटी विस्तारसँगै जन्तेढुंगाको चिसापानी र बराहपोखरीको धर्तुङमा पार्टी कार्यालय स्थापना गरिएको एकीकृत समाजवादीले जनाएको छ। पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङ, जिल्ला अध्यक्ष जलसेर राई, प्रदेश कमिटी सदस्य कुमार राई, जिल्ला कमिटी सचिवालय सदस्य भुवलराज राई, जिल्ला कमिटी सदस्य बम दाहाल, ध्यानकुमार राई लगायतको उपस्थितिमा दुई पालिकामा कमिटी गठन गरिएको हो।

प्रकाशित मिति: : 2021-11-21 05:51:00

प्रतिकृया दिनुहोस्