सिङ्गै एमाले एकातिर, ‘भावी प्रधानन्यायाधीश’ अर्कातिर

एमाले भनिएकै तीन न्यायाधीशले किन छाडे साथ ?

रातोपाटी

मदन ढुङ्गाना

हरिकृष्ण कार्की सर्वोच्च अदालतका तीन नम्बर वरियताका न्यायाधीश हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरापछि एक नम्बर न्यायाधीशका रूपमा दीपककुमार कार्की छन् भने दोस्रोमा त्यसपछि मिरा खड्का छिन्। तेस्रो नम्बरमा रहेका न्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशको लाइनमा रहेका न्यायाधीश हुन्।

कुनै समय नेकपा एमालेको राजनीतिमा स्पष्टरुपमा लागेका र ओली सरकारका पालामा महान्यायाधिवक्तासमेत बनेका न्यायाधीश हरिकृष्ण कार्की पछिल्लो समय एमालेकै विपक्षमा रहेको विभिन्न घटनाक्रमले देखाइसकेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक संसद् विघटन गर्दा विघटनविरुद्ध परेको रिट निवेदनमा न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गरे। अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले नै उनलाई महान्यायाधिवक्ता हुँदाहुँदै न्यायाधीशमा सिफारिस गराएका थिए।

उनै प्रधानमन्त्री ओली विरुद्ध परेको संसद् विघटनसम्बन्धी रिटमाथिको सुनुवाइमा बस्दा स्वार्थ बाझिने भन्दै वकिलहरूले कुरा उठाएपछि कार्कीले इजलासमा नबस्ने स्वघोषणा गरे र इजलास छाडे।

प्रकाशित मिति: : 2021-10-30 13:38:00

प्रतिकृया दिनुहोस्