बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा 

फाइल तस्वीर
फाइल तस्वीर

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्।

बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन्।

विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन्। शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामा रोजकी हुन्।

उनले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन्।

प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद छन्।

प्रकाशित मिति: : 2021-10-27 14:26:00

प्रतिकृया दिनुहोस्