नेपाल बारको निष्कर्ष- प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा

कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

सोमबार दिउँसो बसेको बारको पदाधिकारी बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत सम्हाल्न नसक्ने भन्दै निकास दिनुको विकल्प नरहेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं। यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ। भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्छौं’, अध्यक्ष श्रेष्ठले भने।

श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाभित्रै मिलाउन नसककेको बताए। ‘उहाँको काम कारबाहीमा अरु न्यायाधीशहरू नै असन्तुष्ट बने। यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि,’ उनले भने।

प्रकाशित मिति: : 2021-10-25 17:06:00

प्रतिकृया दिनुहोस्