सरकारसँग सहमति भएसँगै रुबी खानले आमरण अनसन तोडेकी छन्।
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले छानबिन समित गठन गरेपछि रुबीले अनसन तोडेकी हुन्।
माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्।
बाँके घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै रुवी खानसहितका महिला अधिकारकर्मीहरू २० दिन पैदल हिँडेर नेपालगन्जदेखि काठमाडौं आएर आमरण अनसन बसेका थिए।
सरकारसँग सहमति भएपछि रुबीले १२ दिनपछि अनसन तोडेकी हुन्।