जुम्ली घाेडाकाे बजार भारतकाे पिथाैरागडसम्म

१८ वर्षका एकराज थापा विगत तीन वर्षदेखि जुम्ली घाेडा दाैड प्रतियोगितामा भाग लिन आइरहेका छन्। 

अघिल्लो वर्ष काेराेनाकाे कारण प्रतियोगिता नहुँदा बजार आउन पाएनन्। त्याेभन्दा अघिल्लो वर्ष उनी प्रथम भए। 'याे पाली के हुन्छ हेराैँ। घाेडाले कत्तिकाे साथ दिन्छ?,' उनले भने, 'तर आशावादी छु।'

उनले आशा गरेजस्तो प्रथम भएनन्। तर आफ्नाे समूहबाट प्रथम भएर फाइनल प्रवेश गरे र सान्त्वना पुरस्कार पाए। 

प्रतियोगितामा भाग लिन गेठीचाैर गाउँपालिका-२ निरज बाेहाेरा हिजै जुम्ला बजार पुगेका थिए। उनी १७ वर्षका भए भने प्रतियोगिताका कान्छा प्रतियाेगी उनै हुन्। 

'पहिलाेपल्ट भाग लिन आएकाे हुँ,' उनले आशा मिसिएकाे मुहारमा भने, 'आउन त जिताैंला भनिकनै आएकाे छु। हेराैँ के हुन्छ?'

उसाे त प्रतियोगितामा भाग लिनलाई वृद्ध भत्ता खाने चन्दननाथ-३ का कालीबहादुर बुढथापा पनि आएका छन्। उनले वृद्धभत्ता खान थालेकाे एक वर्ष भयाे। तर घाेडा दाैड प्रतियोगिता आउन थाल्याे भने उनी २०३७ सालकाे युवा उमेर सम्झिन्छन्।

'२०३७ सालदेखि जुम्ला एयरपोर्टमा हुने घाेडा दाैड प्रतियोगितामा पहिलाेपल्ट भाग लिएकाे थिए। चारपटक प्रथम भए,' उनले भने, 'पछि प्रतियोगिता हुन छाेड्याे। गाउँघरतिर फाट्टफुट्ट भएका प्रतियोगिता छुटाइन। जहाँ घाेडा दाैड छ भनेपनि जान मन लागिहाल्छ।'

उनी कर्णाली स्पाेर्टस् क्लबले आयाेजना गरेकाे घाेडा दाैड प्रतियोगिता एकपल्ट प्रथम भएका थिए। याे वर्ष उनी पहिलाे राउण्डबाट अगाडि बढ्न सकेनन्। तर घाेडा लालन–पालनमा राम्राे ध्यान दिएकाे भनी द्वितीय पुरस्कार थापे। 

उनी घाेडा पाल्ने किसान हुन्। हरेक वर्ष जसाे नयाँ घाेडा उत्पादन गरेर बिक्री वितरण गरिरहन्छन्। पछिल्लो समय घाेडाकाे महिमा घटेकाे छ। नयाँ यातायातका साधन विकास भएसँगै घाेडाकाे महत्त्व घटेकाे छ भने घाेडा पाल्ने किसान पनि घटेका छन्। 

'धेरैले घाेडा पाल्न छाेडिसकेँ। अहिले बजार पनि छैन,' उनले भने, 'मेलै छाेड्न सकिनँ। घाेडाघाेडीसँगै हुर्किएकाे हुनाले अर्काे पेसा राेज्न सकिनँ।'

बजार नजिकैकाे गाउँका उनी र सडक तथा यातायातका साधन नपुगेका गाउँका लागि अहिले पनि घाेडा प्रमुख यातायातको साधन हाे। सामान ढुवानी गर्ने, मान्छे ओहोरदोहोर गर्ने आदि कामका लागि घाेडा उपयोगी छ।


जुम्लाको घोडादौड प्रतियोगिता: मनसुर बोहोराको घोडा प्रथम [भिडियाे]


जुम्ली घाेडाकाे महिमा भारतकाे पिथाेरागडसम्म छ। अहिलेपनि नेपालकाे दार्चुलाको जाेल्जी बजारमा मसिंर एक गतेदेखि १० गतेसम्म घाेडा व्यापारकाे मेला लाग्छ। त्यहाँ भारतका साैखिन धनाड्यहरु जुम्ली घाेडा किन्न आउने गरेकाे जुम्ला चन्दननाथ-८ का घाेडा व्यापारी जयकृष्ण धरालाले बताए।

आठ वर्षकाे उमेरदेखि घाेडा व्यापारमा लागेका उनी हालसम्म पनि जाेल्जी गइरहन्छन्। जाेल्जी राम्रा घाेडाकाे लागि ठुलाे बजार हाे। बजारमा उचिन माेल पाउन घाेडा खाइलाग्दाे, राम्रमे दाैडने, खरानी रंगकाे(हरेल घाेडा), पँहेलाे हुनुपर्छ भने प्रतियोगितामा सबैभन्दा उत्कृष्ट भएकाे हुनुपर्छ।

'प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएकाे घाेडालाई जिल्ला जीत घाेडा भनिन्छ,' उनले भने, 'जिल्ला जीत घाेडाकाे माेल फरक हुन्छ। पहिचान फरक हुन्छ भने त्यस्ता घाेडा पाउन प्रतियोगिता हुनुपर्छ।'

उनका अनुसार कुनै बेला जुम्ली घोडाको बजार ठुलाे थियाे। जुम्लामा गाडी पुग्नुभन्दा अघिसम्म समान ढुवानीको कामसमेत घोडाले  गर्थे भने परम्परागत यातायातका साधनहरु पनि घोडा नै थिए। 

'तर अब जुम्ली घोडा लोप हुने स्थितिमा पुगेको छ। यस्ताे बेलामा भएकाे प्रतियोगिताले घाेडा पाल्ने किसानलाई उत्साहित बनाएकाे छ भने घाेडा प्रवर्द्धनमा सहयोग पुगेकाे छ,' उनले थपे। 

छुट्टै पहिचान बाेकेकाे जुम्ली घाेडा खस साम्राज्यकालमा युद्धमा जाने सेनाका युद्ध सामग्री बाेक्ने साधन पनि थिए। यस्ताे महिमा भएकाे जुम्ली घाेडाकाे पहिचान गुम्ने खतरा देखेपछि प्रतियोगिता संचालन गर्न थालिएकाे कर्णाली स्पाेर्टस् क्लबका अध्यक्ष सराेज शाहीले बताए।

सरकारी तवरबाट भइरहेको प्रतियोगिताबाट सरकारले हात झिकेपछि प्रतियोगिता राेकिएकाे थियाे। विगत पाँच वर्षदेखि कर्णाली स्पाेर्टस् क्लबले आयाेजना गर्दै आएकाे छ।

'हरेक वर्ष फुलपाति भन्ने बित्तिकै घाेडा दाैड प्रतियोगिता सम्झिने जुम्लीहरुका लागि याे एक संस्कृति हाे। यसलाई बचाइराख्न पनि याे प्रतियोगिता गर्न लागेका हाैँ,' उनले भने।

यसरी इतिहास बाेकेकाे जुम्ली घाेडा दाैड प्रतियोगिता मंगलबार सम्पन्न भएकाे छ। जुम्लाकाे राजासीममा एक भव्य समारोह बीच भएकाे जुम्ली घाेडा दाैड प्रतियोगितामा गुठीचाैर गाउँपालिका-१ का मनसुर बोहोराको घोडा प्रथम भयाे। त्यहीँका हरि बस्नेतको घोडा द्वितीय भयाे भने गुठीचौर -२ कै  लक्ष्मी बहोरोको घोडा  तृतीय भयाे।  

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने लाई क्रमश पाँच हाजार, तीन हजार र दुई हजार नगद र मेडल पुरस्कार दिइएको अध्यक्ष शाहीले बताए।

प्रतियोगिता तिनवटा बिधामा विभाजन गरीएको थियो। घोडाको पालनपोषण  कदम वा चाल र खुल्ला दौड प्रतियोगिता गरिएको हो। त्यस्तै घोडा पालन तर्फ  पातारासीका एकराज थापा  प्रथाम, चन्दननाथका काली बहादुर बुढ्थापा द्वितीय र गुठीचौरका कालीबहादुर रावत तृतीय भए भने चाल वा कदम तर्फ बिर्ख बहादुर भण्डारी प्रथम, कालीबहादुर बुढा द्वितीय र  विकास ऐडी तृतिय भए।

प्रकाशित मिति: : 2021-10-12 18:04:00

प्रतिकृया दिनुहोस्