बीपी राजमार्गमा बसको ‘ब्रेक फेल’ हुँदा हाइसमा ठोक्किएर पल्टियो

बिएल संवाददाता

काभ्रेपलाञ्चोक
Break n Links
Break n Links

काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटनामा परेको छ।

प्रदेश ३-०१-००६ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नम्बरको हाइससँग ठोक्किएको इलाका प्रहरी कार्यालय मंगलटारले जानकारी दिएको छ।

ब्रेक फेल भएको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो। बस सडकबाट चिप्लिएर बाँसको झ्याङमा अड्किएको छ।

यो पनि-

दुर्घटनामा ११ जना घाइते भएका र सबैको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।

सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ । दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए ।

हाइसका यात्रु भने सकुशल छन्। बसका चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित मिति: : 2025-04-10 13:21:00

प्रतिकृया दिनुहोस्