सिन्धुलीबाट हेटौंडा आउँदै गरेको बस चिसापानीमा दुर्घटना, ३१ जना घाइते

मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

बकैया गाउँपालिका वडा नम्बर-३ चिसापानी बजारस्थित धरान-चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बसमा भीमफेदी गाउँपालिका कृषी तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराती ९ः३० बजेको समयमा चिसापानी बजारस्थित धरान-चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको घुम्तिमा दुर्घटना भएको उनले बताए। दुर्घटनामा बसका चालकसहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन्।

दुर्घटनामा मकवानपुर भीमफेदी-३ बुल्मिङ बस्ने वर्ष ४६ का श्रीराम बज्यु, भीमफेदी-५ ज्यामिरे बस्ने वर्ष ५५ की रिताकुमारी मगर, चितवन राप्ति-२ गडौली बस्ने वर्ष २९ का पशु डा. सरोज ओझा, डा.ओझाकी श्रीमती वर्ष २७ की रेश्मा सुवेदी, भीमफेदी-६ टारगाँउ बस्ने भीमफेदी गाउँपालिकाकी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की सानी आले, भीमफेदी-५ अकोटे बस्ने वर्ष २५ का अनिल स्याङबो घाइते भएका छन्। उनीहरूको थप उपचारको लागि भरतपुर पठाइएको प्रवक्ता अर्यालले बताए।

त्यस्तै दुर्घटनामा घाइते भएका मकवानपुर भीमफेदी-२ निगाले बस्ने वर्ष ४५ का दिलिपराज बुलन, भीमफेदी-५ सुपिङ बस्ने वर्ष ५१ का यदुनाथ पुडासैनी, मकवानपुरगढी-३ मक्रान्चुली बस्ने वर्ष ४२ का नारायणप्रसाद शर्मा, हेटौडा-११ थानाभर्याषङ बस्ने वर्ष २९ का उज्वल रानामगर उपचार पश्चात् डिस्चार्ज भएका छन्।

त्यसैगरी दुर्घटनामा भीमफेदी-६ भदौरे बस्ने वर्ष ३२ का सुदिप पराजुली, भीमफेदी-२ चौकीडाँडा बस्ने वर्ष २७ का सुयास पाख्रिन, भीमफेदी-९ झिरघारी बस्ने वर्ष २७ का शुभाष रुम्बा, सोही स्थान बस्ने वर्ष ५२ का हितचन्द्र मोक्तान, भीमफेदी-२ का वडा अध्यक्ष वर्ष ४९ को कासीराम बज्युको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालले बताए।

दुर्घटनामा परेर घाइते भएका हेटौंडा-१८ बस्ने वर्ष २५ का रुबिन घर्ती, भीमफेदी-३ बस्ने वर्ष ५३ का बुद्विसिंह दोङ, भीमफेदी-८ बस्ने वर्ष ३९ की सिता थिङ, सोही स्थान बस्ने बस्ने वर्ष ३५ की सुर्यमाया घलान, भीमफदी-१ बस्ने वर्ष ५० का करणध्वज पाख्रिन, हेटौंडा-१८ हर्नामाडी बस्ने वर्ष २९ का विमल ढुंगाना, भीमफेदी-४ चिउरी बगैचा बस्ने वर्ष ४० का कृष्णहरी गाहामगर, भीमफेदी-७ मान्डु बस्ने वर्ष अन्दानी ३८ वर्षका सुजन प्रजा, भीमफेदी-८ गँगटे बस्ने वर्ष ४३ का मानबहादुर लामा, भीमफेदी-१ सानुटार बस्ने वर्ष ४२ का राजेन्द्रकुमार स्याङतान, भीमफेदी गाँउपालिकाको कृषि प्राविधिक वर्ष २९ का सानुकान्छा घिसिङ, भीमफेदी गाँउपालिकाको पशु प्राविधिक वर्ष ३१ का पुष्पलाल बज्यु, भीमफेदी-३ बस्ने वर्ष ४८ का अर्जुन तामाङ, बसका सहचालक उदयपुर रौतामाई-५ बस्ने वर्ष ३२ का सतिह दाहाल उपचारपछि डिस्चार्ज भएका छन्।

बसका सहचालक दाहाल प्रहरीको नियन्त्रणमा रहेका छन् भने चालक फरार छन्। फरार रहेका चालकको खोजी भइरहेको प्रवक्ता अर्यालले बताए।

प्रकाशित मिति: : 2025-04-10 12:32:00

प्रतिकृया दिनुहोस्