सल्लाघारीमा बिच सडकमै पल्टियो बस

भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन्।

बिहीबार बा३ख २४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडी बिच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

तिव्रगतिमा गाडी चलाएको कारण पल्टिएको उनले जानकारी दिए।

उनले भने,‘ तिव्रगतिमा गाडी चलाएको कारण पल्टिएको हो। दुई जना सामान्य घाइते हुनुभएको छ।’

गाडिमा ९ जना यात्रु थिए।

प्रकाशित मिति: : 2025-04-10 11:57:00

प्रतिकृया दिनुहोस्