एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा (एस)मा प्रवेश

File photo
File photo

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी माधव नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्।

पूर्व वनमन्त्रीसमेत रहेका जोशीलाई आज (बिहिबार) पार्टी अध्यक्ष माधव नेपालले प्रवेश गराएका हुन्।

जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए।

समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले एमालेबाट हिजाे (बुधबार) राजीनामा दिएका थिए।

१० बुँदे सहमति कार्यान्वयन नभएकाे, पार्टीभित्रै घिनलाग्दा गतिविधिहरु हुँदै आएकाेलगायतका कारण आफूले बाध्य भएर राजीनाम दिनु परेकाे जाेशीले बताएका छन्।

प्रकाशित मिति: : 2021-10-07 12:44:00

प्रतिकृया दिनुहोस्