पूर्वराष्ट्रपति मुखर्जीकी छोरी शर्मिष्ठाले लिइन् राजनीतिबाट सन्यास

बिएल संवाददाता

नयाँदिल्ली
Photo: PTI
Photo: PTI

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीकी छोरी तथा कांग्रेस नेत्री शर्मिष्ठा मुखर्जीले सक्रिय राजनीतिबाट सन्यासको घोषणा गरेकी छिन्।

यससँगै उनी मुखर्जी परिवारको अन्तिम सदस्य हुन् जसले आफूलाई कांग्रेस पार्टीबाट टाढा राखिन्। प्रणव मुखर्जीका छोरा अभिजीत मुखर्जीले कांग्रेस छाडेर तृणमूल कांग्रेस पार्टी प्रवेश गरिसकेका छन्।

शर्मिष्ठाले सामाजिक सञ्जालमार्फत् राजनीतिबाट सन्यासको घोषणा गरेकी हुन्। शर्मिष्ठाले भनिन्– 'धेरै-धेरै धन्यवाद तर म अब राजनीतिमा छुइनँ। मैले राजनीति छोडेको छु। कांग्रेसको एक प्राथमिक सदस्य बनी रहन्छु तर अब सक्रिय राजनीति गर्दिनँ। देशको धेरै तरिकाले सेवा गर्न सकिन्छ।'

एक ट्वीट प्रयोगकर्ताकाे जवाफ दिँदै शर्मिष्ठाले भनिन्, 'मैले सानैदेखि नै पर्याप्त सत्ता देखेको छु। मलाई यसले लोभ्याउदैन। म एक शान्तिपूर्ण जीवन बिताउन चाहन्छु।'

सन् २०१४ मा कांग्रेसकाे राजनीतिमा लागेपछि शर्मिष्ठाले सन् २०१५ काे विधानसभाकाे चुनाव लडेकी थिइन्। तर आम आदमी पार्टीका उम्मेदवार सौरभ भारद्वाजसँग पराजित भइन्।

प्रकाशित मिति: : 2021-09-29 07:58:00

प्रतिकृया दिनुहोस्