एमालेलाई बाबुराम भट्टराईको चुनौती: नैतिकता छ भने राजीनामा गरेर जनतामा जाऊ

Breaknlinks Nepali
Breaknlinks Nepali

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा भट्टराईले एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने भन्दै राजीनामा गरेर जनतामा जान चुनौती दिएका हुन्। उनले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन लाज हुनुपर्ने टिप्पणी गरे।

'जसले संसदलाई २/२ चोटी विघटन गर्छ, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो’, उनले भने, ‘मैले दोस्रो संविधानसभामा २०७२ सालमा पार्टी छोडिसकेपछि तुरुन्त राजीनामा दिएको थिएँ। उहाँहरूको अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताको बीचमा जानुपर्छ।

प्रकाशित मिति: : 2021-09-27 17:25:00

प्रतिकृया दिनुहोस्