संखुवासभा सामूहिक हत्याकाण्डः खुल्याे हत्याको कारण

संखुवासभाको मादी—१ उम्लिङमा गत भदौ २१ गते सोमबार विहान  परिवारको ६ जनाको विभत्स हत्या भयो।

सामूहिक हत्याकाण्ड एउटा समूहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।उक्त घटनाको अनुसन्धानको क्रममा पाँच जना पक्राउ परिसकेका छन्।

पक्राउ पर्नेहरुमा मृत्तक तेजबहादुरको काकाका छोराहरु खड्गबहादुर र रण बहादुरको परिवार पक्राउ परेका छन्। अन्य पक्राउ पर्नेहरुमा खड्गबहादुरका छोरा लालबहादुर, रणबहादुरका दुई छोरा लालबहादुर र नरेश कार्की पक्राउ परेका हुन्। उक्त पाँच कार्की दाजुभाइले सामुहिक हत्या गरेको खुल्न आएको हो। उनीहरुको तुलनामा आर्थिक रुपमा सम्पन्न तेजबहादुरले खड्गबहादुर र रणबहादुरका परिवारलाई हेपेर ब्यावहार गरेको भन्दै उनीहरुले तेजबहादुरको हत्या गर्ने योजना बनाएका थिए।

तेजबहादुरको परिवारको हत्या गरिएको अघिल्लो बेलुका नै खड्गबहादुर र उनका छोरा लालबहादुर रणबहादुरको घरमा आएर हत्याको योजना बनाएको खुल्न आएको अनुसन्धानको नेतृत्व गर्दैै आउनुभएको संघिय प्रहरी ईकाई धरानका एसपी भिम दाहालले जानकारी दिए।

हत्याको योजना बनाएका खड्गबहादुर कार्की भाद्र २१ गते बिहना पाँच बजे तेजकुमारको घरमा पुगेका थिए। सो दिन तेजबहादुरको पिप्ले खेतमा खेतला लगाउने दिन थियो। अभियुक्तहरू खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश खेताला जाने कुरा पहिला नै निस्चित भएको थियो।

त्यही मौका पारेर खड्गबहादुरलाई लोकबहादुरको खेतला एकिन गर्न जान भने। लोकबहादुर अल्छि छ, घरमै गएर खेताला निश्चित गर्न जानु भनि तेजबहादुरलाई लोकबहादुर घरतर्फ जान अभिप्रेरित गरि घरतर्फ फर्केको प्रहरी अनुसन्धानमा खुलेको छ।

लोकबहादुरको घरमा खेताला निस्चित गर्न गएका तेजबहादुरले सुतिरहेको लोकबहादुरलाई अल्छि अझैसम्म उठेको छैनस्, भन्दै कराए पछि लोकबहादुर उठेपछि खेतला एकिन गरी उनी फर्किएका थिए।बहादुर लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर लोकबहादुरको घर पछाडि चिर्पट बोकी तयारी अवस्थामा रहेको प्रहरीसमक्ष बयान दिएका छन्। लोकबहादुर, उनका भाइ नरेश र उनका बुवा रणवहादुर समेत घरमै थिए।

घरबाट फर्केने क्रममा योजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई इसारा गरि आफूले दाउराको चिर्पट र अलैची काट्ने छुरी बोकी पछि–पछि गइ घर पछाडिको गोगनेको रूख नजिक तेजबहादुरको टाउकोमा प्रहार गरि लडाएका थिए। सोही मौकामा खड्गबहादुर र हस्तबहादुरले पनि दाउराको चिर्पटले तेजबहादुर माथि प्रहार गरेको प्रहरी बयानमा बताएका छन्।

हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरि तेजबहादुरलाई डिलबाट लडाइ बाटोमा झारी हत्या गरि घोप्टो पारेका थिए। घटनाको बेला मृतकले ‘लोकेले मार‍्यो, मलाई नमार’ भन्दै हारगुहार गरेका थिए।तेजबहादुर कराएको सुनेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै श्रीमती कमला र बुहारी रञ्जना घटानास्थल आइपुगेको बताइएको छ। प्रहरीका अनुसार तेजबहादुरको घरदेखि १ सय ८ मिटर जति दक्षिणतर्फ अर्थात् लोकबहादुरको २५ मिटर टाढा सडकमा  हत्या गरिएको थियो।

घटना देखेपछि लोकबहादुले कमलालाई चिर्पट प्रहार गरेको र उनको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरी हत्या गरेको बताएका छन्। बुहारी रञ्जनालाई नरेशले ठेलेर खोल्सामा झारेको पाइएको छ। खोल्सामा झरेकी रञ्जनालाई खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिलि हत्या गरेको बताएका छन्।मृतक रञ्जनाको शव रणबहादुर र नरेश समेतले कमलाको शव भएको स्थानसम्म पुर्‍याउन सहयोग गरेको खुलेको छ। तेजबहादुरको हत्या भएको स्थानबाट कमला र रञ्जनाको शव २० मिटर जति टाढा खोल्सामा भेटिएको थियो।

घटनाको बेला मृतक नाबालकहरू दिपेन र गोमासमेत घर नजिकको बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले उनीहरु तर्फ गए। बाटो छेकी मुख थुनि लोकबहादुरले चिर्पटले हिर्काएर घाँटी बटारी हत्या गरेको बयान दिएका छन्। घरदेखि ३७ मिटरजति माथि खरबारीमा गोमा र त्यहाँबाट ३ मिटर अर्थात् घरबाट ४० मिटरमाथि दीपेनको शव भेटिएको प्रहरीले जनाएको छ।

पाँचजनाको हत्या गरेपछि पाँचैजना अभियुक्त मृतकको घरतर्फ गएको बताएका छन्। घरमा ८४ वर्षीया पार्वती कार्की मकै नङ्ग्याइ रहेकी थिइन्। सोही अवस्थामा हस्तबहादुरले समातेर घर पछाडिको गोठ नजिक लगेको खुलेको छ। त्यपछि लोकबहादुरले वृद्धाको टाउको भित्तामा ठोक्काइ घाँटी बटारी हत्या गरेको बताइएको छ। 

छ जनाको हत्यापछि सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घरतर्फ लागे। उनीहरुले रगत पखाली छुरी धोएर  लुकाएको र चिर्पट अगेनामा डडाएको बयान दिएका छन्। उनीहरुले रगत लागेको कपडाहरू समेत लुकाएको पाइएको छ। त्यसपछि खड्गबहादुर र निजको छोरा हस्त बहादुर घरतर्फ गएका थिए। घटनापछि फर्कने क्रममा नरेशले लिएर आएको रञ्जनाको मोबाइल स्विच अफ गरि घर मुनिको ओडारमा लुकाएका थिए। सो मोबाइल प्रहरीले अनुसन्धानकै क्रममा फेला पारेको हो।

घर गएका खड्गबहादुर र उनका छोरा हस्तबहादुर पुनः लोकबहादुरको घरमा आएर सबैजनाले घटनाबारे थप योजना बनाएको पाइएको छ। घटनाबारे कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने भनेर योजना बनाएका थिए। यदि प्रहरी आइ पत्ता लगाएमा लोकबहादुरले घटनाको जिम्मा लिने निर्णय गरेको खुलेको छ।

लोकबहादुरले मानसिक औषधि खाने भएका कारण उनले नै घटनाको जिम्मा लिने उनीहरुबीच सहमति भएको थियो। हत्यापछि घटनास्थलमा अनुसन्धानका लागि खटिएको ४९ जनाको प्रहरी टोली अभियुक्त खड्गबहादुर कार्कीको घरमा र गाई गोठ सफा गरेर बसेको थियो।

प्रहरीका अनुसार खड्गबहादुरको बाट घटनास्थल ५५ मिटरजति मात्रै टाढा छ। घटनास्थलबाट लगभग ७० मिटरजतिमाथि गंगा कार्कीको घर छ। डीआइजी बीसीका अनुसार त्यति नजिक घटना हुँदा पनि दुवै परिवारले नसुनेको र थाहा नपाएको बताएका छन्।

प्रहरी अनुसन्धानबाट अनुसन्धानबाट खुलेका थप तथ्यहरू :

घटना योजनावद्धढंगवाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोक बहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की समेत बसी योजना बनाएको।

योजना अनुसार घटनाको दिन २१ गते बिहान मृतक तेजबहादुर कार्की खेताला वोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेज कुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको।

घटनाको दिन मृतकको पिप्ले स्थित खेतमा अभियुक्तहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको थियो।

योजना अनुसार मृतक तेज बहादुर कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेज कुमार कार्कीको घरमा गई “लोक बहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु” भनी तेज बहादुर कार्कीलाई लोक बहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरी घर तर्फ फर्केको र तेज कुमार लोक बहादुर कार्कीको घर तिर ज्यादै गरेको देखे पछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट वोकि तयारी हालतमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मृतक तेज बहादुर कार्की बिहान ५ बजे उठी लोक बहादुरको घरमा खेताला निश्चित गर्न गई सुती रहेको लोक बहादुर लाई “अल्छी अझै सम्म उठेको छैनस्” भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाइ नरेश कार्की र बाबु रण बहादुर कार्की समेत घरमै थिए।

घरबाट फर्कने क्रममा योजना अनुसार लोक बहादुरले भाइ नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैचि काट्ने चक्कु बोकी पछि पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज बहादुरको टाउकोमा प्रहार गरी लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेजबहादुरमाथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरी घोप्टो पारेको।

घटनाको वेला मृतकले “लोकेले मार्‍यो, मलाई नमार” भन्दै गरेको हार गुहार सुने पछि “मेरो श्रीमानलाई नमार” भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटीमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जना नरेशले ठेली खोल्सामा झारेको र खडक बहादुर, लोक बहादुर र हस्त बहादुर मिली हत्या गरेको। मृतक रञ्जनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थान सम्म पुर्‍याउन सहयोग गरेको।

उक्त घटनाको वेला मृतक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनी लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको।

तत् पश्चात् पाँचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नङ्ग्याइ रहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगी लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी वोकि लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी भुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डढाएको, रगत लागेको कपडाहरू समेत लुकाएको। खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घर तर्फ गएको। फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्विच अफ गरी घरमुनिको ओडारमा लगी लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको।

पुनः खड्ग बहादुर र निजको छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिली कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्केको।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल समेत बरामद गरी थप अनुसन्धान भई रहेको।

घटना घट्नुका कारणहरू :
अभियुक्तहरू मध्ये खड्ग बहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौज गर्ने र तेज कुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्” भनी गाली गर्ने र खड्ग बहादुरले पनि “तँलाई के मतलब तँलाई मार्छु” भन्दै झगडा गर्ने गरेको र लोक बहादुरलाई “तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्” भन्ने नरेशलाई “तँ डुँडे काम नलाग्ने भईस” भन्ने र रण बहादुरलाई समेत “तँ लठेब्रो केही गर्ने सक्दैनस्” भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाइ हत्या गरेको।

प्रकाशित मिति: : 2021-09-20 19:50:00

प्रतिकृया दिनुहोस्