प्रधानमन्त्रीको कार्यालय बेचेर खानेहरु यो देशमा छन् : विप्लव 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ नेपालमा प्रधानमन्त्रीको कार्यालय बेचेर खाने मान्छेहरु भएको बताएका छन्।

एमसीसीको विरोधका लागि सोमबार काठमाडौँको खुल्ला मञ्चमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले यस्ताे बताएका हुन्।

‘यो देशमा प्रधानमन्त्रीकाे कार्यालय बेचेर खाने मान्छेहरु पनि छन्’, नेता विप्लवले भने, ‘सोच्नुहोस् त यस्तो देशमा महिला, दलित, जनजाती, गरिबीको अवस्था कस्तो छ?’

उनले अबको देश बेचेर खान खोजेकाहरुको विरुद्ध हुनुपर्ने समेत बताएका छन्। उनले एमसीसी नेपालको हितमा नभएको र यो जनताको दमनको लागि भएको बताएका छन्।

प्रकाशित मिति: : 2021-09-13 15:59:00

प्रतिकृया दिनुहोस्