केपी ओलीलाई माधव नेपालको सुझाव: महालेखाको प्रतिवेदन पढ्नुहोस्

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई महालेखा परीक्षकको ५८औँ प्रतिवेदन पढ्न सुझाव दिएका छन्।

एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो शासनकालमा भ्रष्टाचार नभएको बताउने पूर्वप्रधानमन्त्री ओलीले महालेखाको प्रतिवेदन पढ्नुपर्ने बताएका हुन्।

ओलीको शासनकालमा भ्रष्टाचार र अनियमितताको घटना धेरै भएको आरोप लगाएका नेपालले हालै सार्वजनिक महालेखा परीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले सबै छर्लङ पारेको बताए।

‘आफूले राम्रो काम गरेको, भ्रष्टाचारीलाई कारबाही गरेको बताउने ओलीले महालेखाको प्रतिवेदन एकचोटी पढे हुन्छ नि’, अध्यक्ष नेपालले भने। 

प्रकाशित मिति: : 2021-08-29 13:29:00

प्रतिकृया दिनुहोस्