दल फुटाउने अध्यादेशप्रति माधव नेपाल पक्षकै नेताको आपत्ति

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साथ दिँदै आएका एमाले नेताहरुले सरकारले पार्टी फुटाउन सजिलो हुने गरी जारी गरेको अध्यादेशको विरोध गरेका छन्।

एमाले सचिव गोकर्ण बिष्ट, सांसद् डा. दीपक प्रकाश भट्टलगायतले विरोध गरेका हुन्। नेपाल पक्षमा लाग्दैआएका सचिव विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको र यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘यसले दलभित्र उत्पन्न हुने अन्तर्विरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ। राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ। दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ। अन्ततः यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउने छ। यसप्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौँ। फिर्ता लिन बाध्य पारौँ।’

कञ्चनपुरबाट निर्वाचित सांसद दीपकप्रकाश भट्टले ट्वीट गरे, 'लोकतान्त्रिक व्यवस्था कमजोर गर्ने पार्टी विभाजन सम्बन्धी अध्यादेश (वा २० प्रतिशत)ले दीर्घकालीन नकारात्मक प्रभाव पार्ने निश्चित छ।'

प्रकाशित मिति: : 2021-08-17 16:32:00

प्रतिकृया दिनुहोस्