श्रेष्ठ र महराले उपप्रधानमन्त्री मागेपछि प्रचण्डलाई तनाव

यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दबाबमा परेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे सरकारमा सहभागी हुन लागेपछि पार्टी भिन्रै काे-काे मन्त्री बन्रे भनेर हाेडाबाजी सुरू भएकाे छ।

भागवण्डाको आधारमा माओवादीले सात मन्त्रालय पाउने भएको छ।

ती मध्ये माओवादीबाटै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल यसअघि नै सरकारमा सहभागी छन्।

यतिबेला भने माओवादी भित्र नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले उपप्रधामन्त्रीकाे लागि इच्छा देखाएपछि प्रचण्डलाई मन्त्री छान्न सकस देखिएकाे छ।

त्यसाे त, महरा यसअघि सभामुखसमेत बनिसकेका छन्। त्यति मात्र नभइ पाँच पटक मन्त्री र तीन पटक उपप्रधानमन्त्री भइसकेकाे व्यक्ति हुन्, उनी।

उनीहरुबाहेक हरिबोल गजुरेल, देवेन्द्र पौडेल र देवप्रसाद गुरुङमध्ये पनि कसलाई मन्त्री बनाउने भनेर प्रचण्डलाई दबाब बढेकाे छ।

मधेशबाट मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम पनि प्रचण्डकाे सूचीमा छन्। त्यस्तै जयपुरी घर्ती, अन्जना विशंखे र शशी श्रेष्ठप्रति पनि प्रचण्ड सकारात्मक देखिएका छन्।

सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराज सम्भावित नेताहरु मानिएकाे छ। मन्त्री छान्न साेमबार बस्ने भनिएकाे स्थायी कमिटी बैठक भने स्थगित भइसकेकाे छ।


कांग्रेसबाट मन्त्री बन्दै यी नेताहरु 

'माधव समूहका सांसदहरुले मन्त्री पद माग्नुभएछ, देउवाले पनि माधवजीले भनेपछि सोचौंला भनेर पठाएछन्'

'पार्टी विवादले माधवजी तनावमा हुनुहुन्छ, उहाँ सरकारमा सहभागी हुने अवस्था छैन'- प्रचण्ड

प्रकाशित मिति: : 2021-08-02 11:15:00

प्रतिकृया दिनुहोस्