माधव नेपाल दाेधारमा, कांग्रेस र माओवादीबाट मन्त्री बन्ने भए यी नेताहरु

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको कामलाई सोमबारसम्म पूर्णता दिने भएका छन्।

सोही अनुसार देउवालाई आज माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल 'प्रचण्ड'सहित गठबन्धनका अन्य शीर्ष नेताहरुले सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाउने भएका छन्।

माधव नेपाल समूहभित्र भने सरकारमा सहभागी हुने या नहुने भन्ने विषयलाई लिएर मतभेद देखिएको छ। माधव समूहका सांसदहरु सरकारमा सहभागी हुन लालायीत देखिएका बेला नेता नेपालले भने तत्काल सहभागी नहुने मनाशय व्यक्त गरिरहेका छन्।

स्रोतका अनुसार माओवादी र कांग्रेसबाट मन्त्री बन्नेहरुको प्रारम्भिक सूची बनाइएको छ। जसमा माओवादीबाट  नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल र देवप्रसाद गुरुङ मन्त्री बन्ने सम्भावना छ।

मधेशबाट मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम पनि चर्चामा छ। जयपुरी घर्ती, अन्जना विशंखे र शशी श्रेष्ठमध्येबाट पनि मन्त्री हुने बढी सम्भावना छ। यस्तै सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराजको नामसमेत मन्त्री हुने चर्चामा छ।

कांग्रेसबाट पनि मन्त्रीको लागि केही नेताहरुको नाम अगाडि आएको छ। प्रकाशमान सिंह, मिनेन्द्र रिजाल,, गगन थापा, नारायण खड्का, भरत शाह, दिलेन्द्र बडु र डिला संग्रौला मन्त्री बन्ने सम्भावना छ।

माधव नेपाल समूह पनि सरकारमा सहभागी भयो भने मन्त्री हुने संभावित अनुहारहरुमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ ‘किसान’, धनबहादुर बुढा र भवनीप्रसाद खापुङको नाम सबैभन्दा अगाडि रहेको छ। चौधरी र किसान राज्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ।



अन्तत: एमालेबाट छुट्टिने भए माधव नेपाल, यस्ताे छ निर्णय

माधव नेपालजस्ताे देशद्राेहीलाई एमालेमा ठाउँ छैनः ओली

मेटमणि चौधरीकाे जिकिर- 'केपी ओली नै अध्यक्ष भैराख्ने हो भने हेर्दाहेर्दै एमाले समाप्त हुन्छ'

एमालेका माधव नेपाल पक्षधर सांसद्काे नेता नेपालमा‍थि दबाब– 'हामी मन्त्री बन्न पाउनुपर्छ'

प्रकाशित मिति: : 2021-08-01 09:53:00

प्रतिकृया दिनुहोस्