नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बालकोट पुगेका छन्।
जसपा अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार बिहान बालकोट गएका हुन्।
हिजाे (शुक्रबार) बसेकाे एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत नदिने निर्णय गरिसकेकाे छ।