कोभिडविरुद्धको खोप खरिदका लागि सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरिएको जानकारी दिएको हो।
असार २४ गतेबाट खोपको आपूर्ति साप्ताहिक रुपमा हुने पनि बताइएको छ। सरकारले यसअघि भएको सहमतिअनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता भएको छ।