लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्।
जनता समाजवादी पार्टी (जसपा) बाट राज्यमन्त्री भएकी रायमाझीले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन्।
सरकारलाई जसपाको समर्थन र सहयोग नरहेकाले प्रदेश सरकारमा बसेर निरन्तरता दिन नसकेको उनले बताएकी छन्।
लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए।