नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माबीच भेटघाट भएको छ।
भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भएको भेटमा भारतमा रहेका नेपालीहरूको समस्या र समसामयिक विषयमा छलफल भएको हो।
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको निमन्त्रणामा नयाँ दिल्ली पुगेका उनले त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन्।