‘भीआईपी हुँ बाटो छोड्’ भनेपछि पूर्व मुख्यमन्त्रीमाथि मुक्का प्रहार

Break n Links
Break n Links

नेपाली कांग्रेस कोशी सभपति तथा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि झापाको जामुनबारी चोकमा मुक्का आक्रमण भएको छ।

शनिबार दिउँसो नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभामा प्रमुख अतिथि बनेर घर फर्किने क्रममा सुरुंगाको जुकेकल्भर्ट नजिक  साँझ ७ बजेतिर विद्युत प्राधिकरणका कर्मचारीले उनीमाथि हातपात गरेका थिए।

थापा सवार गाडीले विद्युत् प्राधिकरणका कर्मचारी सवारी गाडीलाई ओभरटेक गर्न खोज्दा विवाद भएको थियो। सुरुमा सुरक्षामा खटिएका पीएसओसँग सामान्य भनाभन भएपछि थापा ‘भीआईपी हुँ बाटो छोड्नुहोस्’ भन्दै गाडीबाट ओर्लिएका थिए। त्यसपछि आक्रोशित प्राधिकरणका चालकले ‘देश लुट्ने यिनै नेता हुन्’ भन्दै मुक्का प्रहार गरेका  कांग्रेस झापाका एक पदाधिकारीले बताए।

यो पनि-

आँखा र अनुहारमा चोट लागेपछि थापालाई तत्कालै विर्तामोडको विर्तासिटी अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उनी सामान्य उपचार पश्चात घर फर्किसकेका छन्।

थापामाथि आक्रमण गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीद्वय शिवसताक्षी-११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्रेको र उनीहरू नेपाल विद्युत प्राधिकरणको कर्मचारी रहेको पुष्टि गरे।

पूर्वमुख्यमन्त्री थापा बा१झ ६५३ नम्बरको गाडी चढेर निवास फर्किदै थिए। उनलाई आक्रमण गर्ने कर्मचारीहरू प्राधिकरणको बा१झ १८७० नम्बरको गाडीमा चढेका थिए।

नेपाली कांग्रेसले कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री थापामाथि भएको आक्रमणको भत्र्सना गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: : 2025-01-19 11:59:00

प्रतिकृया दिनुहोस्