एक सिरियल किलर, जसले महिना–महिनामा हत्या गर्‍याे

Photo : PhotoshopSurgeon
Photo : PhotoshopSurgeon

मनिसको चरित्र अनुहार हेरेर पत्ता लाग्दैन। असल देखिनेहरु खराब हुन सक्छन् र खराब देखिनेहरु असल हुन पनि सक्छन्। क्यालीर्फोनियाको एक हत्याराले पनि आफ्नो अनुहार लुकाएर तीन दर्जनभन्दा बढी हत्या गरे।  

सन् १९६० मा जन्मिएका रजोडिया किलरले ६० भन्दा बढी हत्या गरे।  तर रजोडिया बितेको ३८ वर्षसम्म पनि उनले गरेका हत्याहरुको कारण स्पष्ट हुन सकेका छैन। 

उनलाई समात्न प्रहरी जीवनभर प्रयास गरे। तर प्रहरीले पक्राउ गर्न सकेनन्। भेटाउन सकेनन्। 

२० डिसेम्बर १९६८ मा क्यालीफोर्नियाका डेभिड फ्राडे र बेट्टी लाउ जेनसेन (दम्पती) रजोडियाको पहिलो शिकार बने। 

यो दम्पती एक पार्किङ स्थलमा आफ्नो कारभित्र बसिरहेका थिए। ठिक त्यतिबेला उनीहरुको कारमा सिसाबाहिर एउटा नकाब लगाएको अज्ञात मानिस आयो। र, डेभिडलाई गोली ठोक्यो। गोली लागेपछि डेभिडले क्षणभरमै प्राण छाडे। 

डेभिडसँगै कारमा बसिरहेकी उनकी श्रीमती बेट्टी एकछिन अलमलमा परिन्। यहाँ सम्मकी उनी अचेत नै बनिन्। अचेत अवस्थामा पनि उनले कारबाट निस्केर भाग्न खोजिन्। तर बिडम्बना, उनी भाग्दै गर्दा ती हत्याराले पछाडीबाटै पाँच गोली ठोके, ढाडमा। 

ती हत्याराले डेभिड दम्पतीलाई किन गोली ठोक्यो ? भन्ने प्रश्नको जवाफ आजसम्म पनि खुलेको छैन। यसबारे अनुसन्धानकर्मी र प्रहरीले गम्भीर तरिकाले अध्ययन र खोज नगरेका पनि होइनन्। तर यो हत्याको कारण भने स्पष्ट रुपमा बाहिर आएको छैन। 

यी हत्याराले हत्या पनि यति साहसपूर्वक गर्थे कि आफूले गर्न लागेको नयाँ हत्याको बारेमा प्रहरीलाई एक हप्ताअघि नै जानकारी दिन्थे। आफूले हत्या गर्नुपूर्व उनले प्रहरीलाई बारम्बार जानकारी दिइसकेका हुन्थे, कहिले पत्रमार्फत, कहिले सार्वजनिक फोन कलबाट र कहिले पजल्सबाट।घटनाको अनुसन्धान गरिरहेका प्रहरीले समेत अचम्म मान्दै भन्थे, ‘उ चलाखी हत्यारा हो। उ क्रियटिभ पनि हो। उसलाई राम्ररी थाहा छ कसरी हत्या गर्न सकिन्छ भनेर।’

त्यस्त ४ जुलाइ १९६९ मा एक प्रहरी श्टेशनमा एउटा फोन कल आयो। फोन उठाउने प्रहरी अधिकारीलाई उनले आफूले गरेको हत्याको बारेमा जानकारी दिए।  

फोन वार्ता सकिएपछि ती प्रहरी अधिकारीले खुलासा गरे, ‘फोन गर्नेवालाले डार्लिन पेरी नाम गरेकी एउटा युवतीको हत्या गर्‍याे।’

एक महिनापश्चात हत्याराले अघिल्ला पटक गरेका हत्याको शैलीमा प्रहरीलाई जानकारी दिएपछि सजिला भयो डेभिड दम्पतीको हत्यारा पत्ता लगाउन। हत्याको प्रकृति हेर्दा प्रहरीलाई पनि विश्वास लाग्यो कि महिना–महिनामा हत्या गर्ने एउटै हत्यारा हो। 

रजोडियाले हत्या गरेपछि लासमाथि एउटा पत्र छाडेर भूमिगत हुन्थे। पत्रमा प्रहरीलाई सम्बोधन गर्दै आगामी हत्याबारे संकेत दिएको हुन्थ्यो। जोडियाले एक पत्रमा लेखेका थिए: Me =37,  SFPD=0 जुन हत्या गर्ने योजनाको कोड भाषा थियो।

एक महिनापछि फेरि उजले अर्को दम्पतीको हत्या गरे। तर, यसपटक भने बन्दुक प्रयोग गरेन। बरु चाक्कुले घाँटी रेटेर निर्मम हत्या गरे।  

त्यसो त जोडियालाई प्रहरीले कहिल्यै भेटाउन सकेन। अनुसन्धानको लागि बरु दुई हजारभन्दा बढी नगरिकलाई हिरासतमा राखेर सोधपुछ गर्‍याे।

प्रकाशित मिति: : 2021-06-29 06:29:00

प्रतिकृया दिनुहोस्