एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो।

बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले बताए।

प्रकाशित मिति: : 2021-06-27 11:48:00

प्रतिकृया दिनुहोस्