आन्तरिक हवाई उडान १७ गतेदेखि सुचारु हुने

असार १७ गतेदेखि आन्तरिक  हवाई उडान पनि सुचारु हुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो।

उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने अझै खुलाइएको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेपछि मात्र उडान गन्तव्यहरुको विवरण सार्वजनिक गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ। 

प्रकाशित मिति: : 2021-06-23 19:04:00

प्रतिकृया दिनुहोस्