बाढीपहिरोमा परी हेलम्बुमा अझै २३ जना बेपत्ता

बिएल संवाददाता

सिन्धुपाल्चोक
Photo - RSS
Photo - RSS

देवराज घिमिरे

हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ।

गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका गाउँपालिकाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ।

बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन्। ती मध्ये   मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन्।

गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण  पनि सार्वजनिक गरेको छ। बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ।

गाउँपालिकाले आज नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम  रहेको जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ।रासस

प्रकाशित मिति: : 2021-06-19 20:09:00

प्रतिकृया दिनुहोस्