काठमाडौं उपत्यकामा  आजदेखि निषेधाज्ञा खुुकुलो, यी क्षेत्र खाेल्न पाइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज केही खुकुलाे बनाइएकाे छ। 

उपत्याकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख अधिकारीहरुको आइतबार बसेको बैठकले आजदेखि एक साता निषेधाज्ञा थप्न गरि केही खुकुलाे बनाउने निर्णय गरेकाे हाे। 

यसअघि प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेका थिए। अब असार ७ गतेसम्म निषेधाज्ञा रहनेछ। 

यसअघि २० जेठसम्म एक साता कडा निषेधाज्ञा लागू गरेको प्रशासनले अब भने विस्तारै खुकुलो पार्दै लगेको हाे।  

आजदेखि खाद्यान्न पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ। अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने र हार्डवेयर पसल अपराह्न ४ बजेपछि खोल्न पाइने भएको छ। 

त्यस्तै, विहान मर्निङवाक गर्नेलाई अब प्रहरीले राेक्ने छैन्। 

प्रकाशित मिति: : 2021-06-15 07:21:00

प्रतिकृया दिनुहोस्