प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला

तस्विरः समाजिक सञ्जाल

प्युठानको सरुमारानी गाउँपालिका-२ दर्भानमा बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ।

बिहीबार बिहान सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फोहोर संकलन गर्न राखिएको डस्टबिनमा फेला परेको प्रहरीले जनाएको छ।

शिशुको शव देखेपछि स्थानीयवासीले  प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान सुरु गरिएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ।

प्रकाशित मिति: : 2025-01-16 13:01:00

प्रतिकृया दिनुहोस्