मकर सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीकाे घुँइचो लागेकाे छ। आजको दिन विभिन्न घाटहरू, नदिहरू अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरूको भीड लाग्ने गर्दछ। नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौं शङ्ख मूलको बागमती किनार आदि ठाँउहरूमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो रहन्छ।